विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा, तत्काल रात्रिकालीन उडान नहुने

शनिबार, कात्तिक ६, २०७८

विराटनगर : विराटनगर विमानस्थल तीन दिनपछि आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ। विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

यद्यपि तत्काल रात्रिकालीन उडान हुने छैन। 

प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ । तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुनेछ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  ०७:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार