यस्ता छन् एमाले स्थायी कमिटीका आठ निर्णय

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौं :  नेकपा एमालेले १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । बिहीबार सुरु भई शुक्रबार सम्पन्न बैठकले चितवनमा मंसिरमा तोकिएको राष्ट्रिय महाधिवेशनको तयारीका लागि रामबहादुर थापा 'बादल'को संयोजकत्वमा गठित २१ सदस्यीय समितिलाई पूर्णता दिएको हो ।  

बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्नका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।  

राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि स्थायी कमिटीको बैठक ११ कात्तिकमा बोलाउने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको छ ।

राष्ट्रिय महाधिवेशनमा विभिन्न मुलुकका मित्र पार्टी, भाइचारा पार्टी र देशभित्र विभिन्न राजनीतिक दललाई निमन्त्रणा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा आमरूपमा सबै ठाउँमा कार्यान्वयन हुँदै गएको र समस्या रहेको एकाध ठाउँमा केन्द्रीय कमिटी बैठकसम्म टुंग्याइसक्ने र यसका लागि सम्बन्धित नेतालाई निर्देशन गरेको छ ।

बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

एमालेको राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान हुने

नेकपा एमालेको १०औँ महाधिवेशनमा विद्युतीय मतदान हुने भएको छ । च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान गराउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

'बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ', उनले भने, 'यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छौँ ।'

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  २१:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार