सोसल मिडिया
Contact Us
युनिकोड
मस्को । इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेट शुक्रबार रुस आइपुगेका छन् । प्रधानमन्त्री बेनेटको राष्ट्रपति भ्लादिमिर पुटिनसँग पहिलो पटकको भेटवार्ता इरान केन्द्रित हुने अपेक्षा गरिएको छ । बेनेटको विमान ‘ब्ल्याक सि’ शहर सोचीमा अवतरणपछि यी दुई नेताबीच भेटवार्ता हुने बताइएको छ । बेनेटले गत जुनमा प्रधानमन्त्री पद सम्हालेका थिए । यसअघि लगातार १२ वर्षसम्म बेन्जामिन नेतान्याहु सत्तामा रहेका थिए । उनको पनि राष्ट्रपति पुटिनसँग राम्रो सम्बन्ध रहेको थियो । इजरायल र रुसबीचको सम्बन्ध देशको विदेशनीति एक महत्वपूर्ण विषय भएको प्रधानमन्त्री बेनेटले बताएका छन् । गत साता बेनेटको कार्यालयले रुसको भ्रमण क्रममा इरानको परमाणु कार्यक्रममा छलफल गर्ने जनाएको थियो ।–एएफपी