जबर प्रहरीले नै चोरलाई लुटे...

शुक्रबार, कात्तिक ५, २०७८

उत्तर प्रदेश । सामान्यतया प्रहरीले जनधनको सुरक्षा गर्छ र समाजका अपराधिक गतिविधि रोक्छ । चोरी गरेको बस्तु फेला पारेमा प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाइदिन्छन् । तर, उत्तर प्रदेशमा भने एउटा अनौठो घटना भएको छ । प्रहरीले नै चोरलाई नै लुटेका छन् ।  दुई जना चोरले चोरेको पैसा आफूले लिएर प्रहरीले उनीहरूलाई जिल्लाको सीमा कटाइदिएका छन् । रसलपुर प्रहरी स्टेसन क्षेत्रबाट एउटा रिक्साका यात्रुबाट दुई ओटा चोरले एक लाख १० हजार भारु चोरेका थिए । सीसी क्यामरामा कैद भएको दृश्यको आधारमा चोर पक्राउ परेका थिए ।  फिरोजावादका एसएसपी अशोककुमारका अनुसार पक्राउ परेका चोरहरुसँग पैसाबारे सोध्दा उनीहरुले प्रहरीलाई नै दिएको बताएका थिए । अनुसन्धानका क्रममा चार जना प्रहरीले चोरबाट ९६ हजार लिएर उनीहरुलाई सीमा कटाइदिएको खुलासा भएको थियो ।  घटनाका दोषीमाथि थप अनुसन्धान गरिएको एसएसपी अशोककुमारले जानाकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार