सोसल मिडिया
Contact Us
युनिकोड
धनगढी । कैलाली गोदावरी नगरपालिका वडा नम्बर–४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगर र उनकी २८ वर्षीय श्रीमती संजिता मगरमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट २८ वर्षीया संजिता मगरको मृत्यु भएको छ, भने ३१ वर्षीय रामबहादुर मगर घाइते भएका छन् । बुधबार जङ्गलमा बाख्रा चराउन गएका बेला उनीहरूमाथि गोली प्रहार भएको थियो । प्रहरीले राम बहादुरले आफ्नी श्रीमतीमाथि भरुवा बन्दुकको गोली चलाएर आफूलाई पनि गोली हानेको हुन सक्ने अनुमान गरेको छ । अहिले घाइते अवस्थाका रहेका रामको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय माला खेतीका डिएसपी रण बहादुर चन्दले बताएका छन् ।