१० वटा फिल्म पुगेपछि सन्न्यास लिने घोषणा गरेका टेरेन्टिनो नयाँ प्रोजेक्टकाे तयारीमा

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौं ।  हलिउड निर्देशक क्वान्टिन टेरेन्टिनोले १० वटा फिल्म पुगेपछि सन्न्यास लिने घोषणा गरेका छन् । यसकारण पनि उनको फिल्म प्रतीक्षितसँगै चर्चित हुने गरेको छ । उनको नवौं फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ सुटिङ अघि नै यस्तो घोषणा भएको थियो । यसकारण पनि उनको अन्तिम तथा १०औँ फिल्मको प्रतीक्षा हलिउडप्रेमी दर्शकलाई छ । टेरेन्टिनाेको पछिल्ला तीन फिल्म इतिहाससँग सम्बन्धित थिए । त्यसैले अब अन्तिम फिल्म अहिलेसम्म काम नगरेको हरर विधामा काम गर्ने अनुमान उनका फ्यानले गरिरहेका छन् । यद्यपि रोम फिल्म फेस्टिबलमा कुराकानी गर्दै आफ्नो सफल प्रोजेक्ट किल बिलको तेस्रो फ्रेन्चाइजी ल्याउन सक्ने संकेत गरेका छन् । तर, उनले त्यसअघि एक कमेडी फिल्म बनाउने इच्छा जाहेर गरेका छन् । उनले उक्त प्रोजेक्टलाई आफ्नो स्टाइलको नरहेको समेत जनाएका छन् । यद्यपि उनले आफू उक्त प्रोजेक्ट बनाउन आतुर रहेको बताएका छन् । उनको यो पछिल्लो भनाइले उनले आफ्नो निर्देशकीय यात्रा १० फिल्ममै समाप्त गर्छन् या गर्दैनन् ? भन्ने प्रश्नसमेत उठेको छ । किनकि उनले कमेडी जनर र किल बिल ३ लाई आफैले निर्देशन गर्ने संकेत गरेका छन् ।  तर, टेरेन्टिनोले आफू उचाइमा रहँदा नै फिल्म निर्देशनबाट पाखा लाग्ने निर्णय गर्नु राम्रो रहेकाले यस्तो निर्णय गरेको बताउँछन् । असफल हुन थालेपछि सन्न्यास लिँदा फिल्ममेकरलाई सजिलो महसुस नहुने उनको धारणा छ । अभिनय हुँदै निर्देशनको करिअरको सुरु गरेका क्वान्टिनले ‘रिजोर्भोयर डग्स’बाट निर्देशकको यात्रा सुरु गरेका थिए । यो फिल्मले व्यापारिक सफलतासँगै कालान्तरमा ‘कल्ट क्लासिक’को स्ट्याटस पाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  ११:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार