भारतमा कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढ्यो

शुक्रबार, कात्तिक ५, २०७८

नयाँदिल्ली :  भारतको केन्द्र सरकारले कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढाएको छ । भारतको केन्द्र सरकारको मन्त्रिपरिषद्ले केन्द्र सरकारका कर्मचारीले पाउने महँगी भत्ता (डिए) मा तीन प्रतिशत वृद्धि गर्न स्वीकृति दिएको हो । यो निर्णय १ जुलाइ २०२१ बाट लागू हुनेछ । पेन्सनधारीले पाउने महँगी राहत (डीआर) पनि तीन प्रतिशतले बढेको छ । सातौँ केन्द्रीय वेतन आयोगको सिफारिसका आधारमा भत्ता वृद्धि गरिएको हो । यसबाट केन्द्र सरकारका करिब ४७ लाख १४ हजार कर्मचारी र  ६८ लाख ६२ हजार पेन्सनधारीले लाभ पाउनेछन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  ०७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार