सोसल मिडिया
Contact Us
युनिकोड
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा सहयोग गनसंयुक्त राष्ट्रसङ्घीय एकजना अधिकारी आग्रह गरेका छन् । उनले हाल अफगानिस्तानलाई सहयोग गरेका विभिन्न अन्तरराष्ट्रिय सहयोग संस्थालाई पनि महिला अधिकारका क्षेत्रमा खर्च गर्न आग्रह गरेका हुन् । अफगानिस्तानका लागि ‘युएन वुमन’का उपप्रमुख एलिसन डेभिडियनले सो कुरा बताएका हुन् । उनले भनेका छन्, अहिले अफगानिस्तानका महिलाको अवस्था निकै नै नाजुक रहेकाले विश्वका हाल अफगानिस्तानलाई सहयोग गरेका सङ्घसंस्थाले पनि यहाँ महिला अधिकार र उनीहरुको सशक्तिकरणका लागि सहयोग गर्नुपर्दछ । उनले हाल केही समय यतादेखि अफगानिस्तानमा तालिबानी विद्रोहीको सरकार रहेको भए पनि विश्वका कतिपय दाता राष्ट्र तथा संस्थाले अफगानिस्तानलाई सहयोग गरिरहेका प्रसङ्ग उल्लेख गर्दै सो सहयोग पनि यहाँका महिलाको उत्थानका लागि छुट्याउन आग्रह गरेका छन् । तालिबानीले महिला अधिकारको सम्मान गर्न नसकेको भन्दै हाल अफगान सरकारसमक्ष महिलालाई पनि विद्यालय, विश्वविद्यालय जान दिन र अरु अधिकारकाबाट वञ्चित नगर्न विश्वका देशले आग्रह गरिरहेका छन् ।
महिला अधिकारको विरोधमा तालिबानले पत्रकारमाथि आक्रमण
काबुलमा महिला अधिकारकर्मीले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार कैयाँै पत्रकारमाथि आक्रमण गरेको छ । शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रङ्गीन हेड स्कार्फ लगाएका महिलाको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्नु भन्ने नारा लगाएका थिए । ‘हामीसँग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र बेरोजगारी, गरीबी, भोकले सताएको छ’ भन्ने लेखिएको प्लेकार्ड ती महिला बोकेका थिए । तालिबान अधिकारीले ती महिलालाई करिब एक घण्टा ३० मिनेटसम्म स्वतन्त्ररुपमा हिड्न दिएको एएफपी समाचार समिति जानकारी दिएको छ । तालिबान लडाकूले. विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेका बताइएको छ । प्रदर्शनकारी आयोजकमध्येकी एक जाहरा मोहम्मदीले एएफपीलाई भनिन् कि महिला जोखिमको बावजुद मार्चपास गर्दै थिए । तालिबानले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिला कसैँको पनि सम्मान नगरेको उनले बताएकी छिन् । केटीको विद्यालय जाने अधिकारसमेत तालिबान खोसेको पनि उनले बताएकी छिन् ।
अफगानिस्तानमा धमाधम आइएस लडाकू पक्राउ
अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स (आइएस)का लडाकू पक्राउ परेका छन् । सरकारी सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ परेका छन् । अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता कब्जा गरेपनि अर्को विद्रोही समूह आइएससँगको द्वन्द्व भने कायमै रहेको छ । “पछिल्लो एक महिनामा आइएस समूहसँग सम्वन्धित झण्डै २५० लडाकूलाई सरकारी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्,” टोलो न्युज टेलिभिजन च्यानलमा तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले भने । पक्राउ परेका केही लडाकूसँगै आक्रमणका लागि प्रयोग हुने विस्फोटक पदार्थ तथा हतियारसमेत बरामद गरिएको उनको भनाइ छ । आइएस लडाकूले अफगानिस्तानमा आक्रमणको तयारी गरिरहेको पनि समाचारमा जनाइएको छ ।