इरानद्वारा राष्ट्रव्यापी वायु सेना अभ्यास सुरु

बिहीबार, कात्तिक ४, २०७८

तेहरान । इरानले बिहीबार देशभरि वायु सेनाको वार्षिक अभ्यास सुरु गरेको छ ।  सरकारी टेलिभिजनले जनाएअनुसार यो अभ्यास अघिल्लो हप्ता आयोजित सशस्त्र अभ्यासपछि आयोजित ठूलो सैन्य अभ्यास हो । प्रतिवेदनमा दिइएको जानकारीअनुसार यस अभ्यासमा बमवर्षक लडाकु विमान, ड्रोन लेसर–निर्देशित मिसाइलसहित अन्य अत्याधुनिक हतियारहरूको प्रयोग गरी ड्रिलमा भाग लिइने छ ।  
सबै इरानी सैन्य हवाई अड्डाहरू यस युद्धाभ्यासमा भाग लिने छन् । बताइएअनुसार इरानसँग १२ एयर बेस छन् । प्रतिवेदने यो ड्रिल कति लामो समयसम्म चल्छ भन्नेबारे केही बताएको छैन ।
अघिल्लो हप्ता यहाँ आयोजित दुईदिने वार्षिक हवाई रक्षा अभ्यासमा सेना र अर्धसैनिक क्रान्तिकारी गार्ड दुवैले भाग लिएका थिए ।
इरानले नियमित रूपमा यस्तो सैन्य अभ्यास गरेर आफ्नो सैन्य तत्परता र क्षमताको प्रदर्शन गर्ने गर्दछ । इरानको बढ्दो परमाणु र सैन्य शक्तिले यस क्षेत्रमा तनाब बढाउँदै लगेको छ । तेहरानको सन् २०१५ को विश्व शक्तिहरूसँगको समझदारीलाई पुनर्जीवित गर्न भियनामा हुने भनिएको वार्ता गत जुनदेखि रोकिएको छ र त्यो समझदारी पुनः सुरु हुने कुनै मिति भने हालसम्म तय भएको छैन । सन् २०१५ को परमाणु सम्झौताले तेहरानलाई आर्थिक प्रतिबन्ध हटाउने बदलामा युरेनियमको संवर्धनलाई निकै सीमित बनाएको थियो । सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा अमेरिकालाई उक्त सम्झौताबाट फिर्ता लिएपछि मध्यपूर्वमा तनाव बढायो र आक्रमणका अनेक शृङ्खला सुरु हुन थाले ।–एपी
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  २१:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार