बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु

बिहीबार, कात्तिक ४, २०७८

गोरखा :  गोरखाको आरुघाट गाउँपालिका-१ माझगाउँमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा५ख १२३१ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा चालक धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्रकमा सवार आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङ घाइते भएका छन् । घाइतेको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार