विश्वमा आजः अफ्रिकी प्यारालिम्पिक खेलाडी ओस्कार अदालतद्वारा दोषी ठहरदेखि सोमालियामा कु

बिहीबार, कात्तिक ४, २०७८

आज अक्टोबर २१ । आज इतिहासमा महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः
 
ओस्कार दोषी ठहर
प्रेमिका रिभा स्टेनकाम्पको हत्या आरोपमा मुद्दा चलाइएका अफ्रिकी प्यारालिम्पिक खेलाडी ओस्कार पिस्टोरिअलाई सन् २०१४ मा अदालतले दोषी ठहर गरेको थियो । अदालतले उनलाई पाँच वर्ष जेल सजाँय तोकेको थियो । 

सोमालियामा कु
सन् १९६९ मा आजकै दिन सोमालियाको सेनाले कु गरेर तत्कालिन निर्वाचित सरकारलाई अपदस्थ गरेको थियो । तत्कालिन राष्ट्रपति अब्दिरसहिद अली शेरमार्केको हत्यापछि सेनाले कु गरेको थियो ।

 सुभाष चन्द्र बोसद्वारा स्वतन्त्र भारत घोषणा
निर्वासनमा रहेका भारतका राष्ट्रबादी नेता सुभाष चन्द्र बोसले सन् १९४३ मा सिंगापुरमा आयोजित एक ह्यालीमा ‘स्वतन्त्र भारत घोषणा गरेका थिए । अनुयायीहरुले उनलाई सर्वसम्मत रुपमा राष्ट्र प्रमुख, प्रधानमन्त्री र नयाँ सरकारको युद्धमन्त्री घोषणा गरेका थिए ।
 
अर्नेस्ट हेमिङवेको चर्चित उपन्यास
सन् १९४० मा अमेरिकी उपन्यासकार अर्नेस्ट हेमिङवेको चर्चित उपन्यास फर होम दी बेल टुल्स नामक उपन्यास प्रकाशित भएको थियो । पछि सो उपन्यासमा आधारित चलचित्र निर्माण गरिएको थियो ।  

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  ०७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार