नाइजेरियामा ५० बन्दुकधारी मारिए 

बुधबार, कात्तिक ३, २०७८

लागोस । द्वन्द्वग्रस्त मुलुक नाइजेरियामा थप ५० बन्दुकधारी मारिएका छन् । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने काडुना राज्यमा सोमबार उनीहरू मारिएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले संयुक्त कारबाही अभियान चलाइरहेका बेला उनीहरूको मृत्यु भएको जनाइएको छ । काडुना राज्यको अन्तरिक सुरक्षा तथा गृह मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा गोप्य सूचनाका आधारमा सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही गरेको उल्लेख छ । घटनामा परी ५० भन्दा बढीको मृत्यु भएको मन्त्रालयले दाबी गरेको छ । उनीहरू माथि हवाई र स्थलगत दुवै माध्यमबाट आक्रमण गरिएको थियो ।–सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  २२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार