सोसल मिडिया
Contact Us
युनिकोड
दमासकस । सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यसवर्ष शुरुवातपछि यो सवभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ । राजधानीको एउटा प्रमुख पुलमा दुई विस्फोटक पदार्थ प्रयोग गरी आतंककारीहरुले सैनिक बसलाई लक्ष्यगरी गराएको बम विष्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु हनुको साथै अन्य तीन जना घाइते भएका जनाएको छ । दमासकसमा हालैका वर्षमा केही हदसम्म हिंसा कम भएको थियो । इस्लामिक स्टेट्स (आइएस) जिहादी समूहले २०१७ को मार्चमा जस्टिस प्यालेसलक्षित बम विस्फोट गराएपछि कम्तीमा ३० जना मारिएका घटनापछि राजधानीमा भएको यो सबैभन्दा घातक आक्रमण हो । यस बम आक्रमणको हाल कुनै पनि समूहले जिम्मेवारी लिएको छैन् । तर विगतमा यस्ता हमलाको आईएस जिहादी समूहले दाबी गर्ने गरेका थिए । दशकौं पुरानो युद्ध सकिएको र पुनर्निर्माण प्रयासलगायत लगानी परियोजना शुरू गर्न को लागि स्थिरताको ग्यारेन्टी गरेको सरकारलाई पछिल्लो बम विष्फोटले चुनौती दिएको छ । राष्ट्रपति बशर अल असदको सरकारले आफूलाई अन्तरराष्ट्रिय स्तरबाट अलग भएको यस अवस्थालाई बाहिर निकाल्ने कोशिस गरिरहेको छ । हालैका महिनामा यसमा प्रवेश पाएको छ ।
तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमण बुधवार अफगानिस्तानको राजधानी काबुलमा तालिबानको सवारीसाधन लक्षित ग्रेनेड आक्रमणमा भएको छ । यसमा परी दुई लडाकू र चार जना विद्यालयका बालबालिका घाइते भएका छन् । अपराधीहरुको खोज र अनुसन्धान सुरु गरिएको तालिबान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्तीले एएफपीलाई बताए । प्रारम्भिक समाचारमा चार जना विद्यालयमा विद्यार्थी घाइते भएका अर्का एक अधिकारीले जानकारी दिएका छन् । एक प्रत्यक्षदर्शीले एएफपीलाई भने, स्थानीय समयानुसार बुधबार बिहान ०८ बजे काबुलको पश्चिम भागमा रहेको देह मझाङ जिल्लामा अत्यन्त व्यस्त समयमा सो विस्फोट भएको थियो । सिन्हवा