भारतको उत्तराखण्डमा पनि बर्षा र बाढी, १६ जनाको मृत्यु

बुधबार, कात्तिक ३, २०७८

नयाँदिल्ली । भारतको उत्तराखण्डमा पनि वर्षा र बाढीको प्रकोप बढेको छ । सो बाढीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ ।   
उता भारतको दक्षिणी राज्य केरलामा हालै आएको बाढीबाट दर्जनौँ व्यक्तिको ज्यान गएको बताइएको थियो । योसँगै यता उत्तराखण्डमा पनि अविरल वर्षा र बाढी आएको बताइएको छ ।  यहाँका अधिकारीले मगलबारसम्म उत्तराखण्डका विभिन्न स्थानमा परेको अविरल बर्षा र त्यसपछिको बाढीले कम्तीमा पनि १६ जनाको ज्यान गएको बताएका छन् । यहाँका मौसमसम्बन्धी विज्ञहरुले उत्तराखण्डमा वर्षा जारी रहेको बताएका छन् । साथै उनीहरुले सतर्क रहन पनि सबैलाई सचेत गराएका छन् ।–सिन्हवा
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  २१:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार