क्षेप्यास्त्र नयाँ र स्वदेशमै निर्मित : उत्तर कोरिया 

बुधबार, कात्तिक ३, २०७८

सोल । उत्तर कोरियाले मङ्गलबार आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको स्वीकार गरेको छ । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको छ । दक्षिण कोरियाली सैन्य अधिकारीले मङ्गलबार उत्तर कोरियाले क्षेप्यास्त्र हानेको बताएको थियो । उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरिएको बुधबार स्पष्ट गरेको हो ।
साथै सो क्षेप्यास्त्र स्वदेशमै निर्मित र नयाँ रहेको उत्तर कोरियाली सरकारले बताएको यहाँको सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको छ ।  दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पूर्वीसमुद्रको पानीमा खसेको अनुमान गरिएको छ मङ्गलबार बतएका थिए । 
उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र प्रहार गर्ने र परीक्षण गर्ने गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । 
सो क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भइ खसेको जापानले जनाएको थियो । यस पटकको क्षेप्यास्त्र पनि पानीमा खसेको बताइएको छ ।– सिन्हवा
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  २१:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार