सोसल मिडिया
Contact Us
युनिकोड
हनोई । अनलाईन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोवाईल फोन बिस्फोट हुँदा मृत्यु भएको छ । नेग्ही प्रान्तमा घरबाट अनलाईन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो । उनले मोवाईल चार्ज गरेका कक्षा लिएका थिए । बिस्फोटलगत्तै बालकको शरीररमा आगो लागेको थियो । जलेर गम्भिर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले पड्किएको मोवाईल र चार्जर जाँच गर्ने भएको छ । मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए । कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाईनबाट हुन थालेको छ ।