सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको हो । छापावाल सुन प्रति १० ग्राम ७८ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७७ हजार ९३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।  बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ । सोमबार एक हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ११:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार