भारतीय प्रतिरक्षा कोर्षको टोलीद्वारा सैनिक मुख्यालय भ्रमण

बुधबार, कात्तिक ३, २०७८

काठमाडौँ । नेपाल भ्रमणमा रहेको भारतको राष्ट्रिय प्रतिरक्षा कोर्ष (सन् २०२१) को टोलीले जङ्गी अड्डाको अवलोकन भ्रमण गरेको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो कार्यकक्षमा भ्रमणदलका टोली प्रमुख रियर एडमिरल धिरेन भिगसँग भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  सो अवसरमा प्रधानसेनापति शर्माले भ्रमणबाट दुई देशका सेनाबीचको सम्बन्धको सुदृढीकरण गर्न दुईपक्षीय सुरक्षा चासोका विषय सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।  सैनिक मुख्यालयमा नेपाली सेनासम्बन्धी विषमा टोलीलाई जानकारीमूलक प्रस्तुतीकरण र अन्तक्रियासमेत गरिएको थियो । भ्रमणदलका सदस्य र तालिमरत शिक्षार्थीका श्रीमतीको सम्मानमा सैनिक श्रीमती सङ्घको कार्यालय, भद्रकालीमा स्वागत कार्यक्रम गरिएको थियो । अस्ट्रेलिया, भूटान, माल्दिभ्स र श्रीलङ्काका शिक्षार्थीसमेत समावेश भएको उक्त टोली नेपालको एकसाता लामो अध्ययन भ्रमण पूरा गरी यही कात्तिक ६ गते भारत फर्कनेछ ।–रासस 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार