देशव्यापी प्रदर्शनमा सहभागी नेता–कार्यकर्तालाई कांग्रेस सभापति देउवाद्वारा आभार  

शुक्रबार, माघ ९, २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले संसद् विघटन, कुशासन र भ्रष्टाचारविरुद्ध बिहीबार गरेको देशव्यापी शान्तिपूर्ण प्रदर्शनमा सहभागी सबैप्रति बधाई तथा आभार व्यक्त गरेका छन् । 
सरकारले गरेको संसद् विघटनलाई अलोकतान्त्रिक कदम आरोप लगाउँदै कांग्रेसले बिहीबार देशभरका ६७४३ वडामा विरोध प्रदर्शन गरेको थियो । उनले एक विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन निरन्तर खट्ने पार्टीका गाउँ÷नगर वडा कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यसहित शुभचिन्तकमा बधाई ज्ञापन गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  ०९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार