सोसल मिडिया
Contact Us
युनिकोड
याङ्गोन । म्यानमारमा प्रजातन्त्र समर्थक कैदीका परिवारका सदस्य मङ्गलबार यहाँका विभिन्न जेलबाहिर भीड लागेको छ । सैन्य सरकारले हजाराँैंको सङ्ख्यामा उनीका आफन्त रिहा गर्ने प्रतिबद्धता जनाएपछि त्यो भीड भएको हो । गत फेबु्रअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारकोे विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेका पाँच हजारभन्दा बढी व्यक्तिलाई रिहा गरिने यहाँको सैनिक सरकारका प्रमुखले सोमबार बताएका थिए । अक्टोबरको अन्त्यमा बौद्ध थन्डिथग्युत पर्वको उपलक्ष्यमा पाँच हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताएका हुन् । छ महिनापछि आफ्ना परिवारजन छुट्टेपछि भेटघाटको सम्भावनाले खुशी भएका आफन्तजनको जेलबाहिर भीड लागेका थिए । प्रजातान्त्रिक सरकारको ‘कू’ भएपछि यसको विरोधको क्रम शुरु भएको र यसबाट देशमा अराजकता छाएको छ । कूको विरोधका प्रदर्शन गर्ने व्यक्तिलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दाबढी नागरिक मारिनुको साथै आठ हजारभन्दा बढी गिरफ्तार भएका एक मानवअधिकारवादी समूहले जानकारी दिएको छ । अझै पनि सात हजार ३०० भन्दाबढी प्रदर्शनकारी देशभरका जेलमा रहेका राजनैतिक कैदीको सहायतासम्बन्धी एक संस्थाका अधिकारीले जानकारी दिएका छन् । जुलाई महिनामा देशभरका जेलबाट दुई हजारभन्दा बढी यहाँको सैनिक सरकारको विरुद्धका प्रदर्शनकारीलाई रिहा गरिएको थियो । रिहा गरिएका यी व्यक्ति सैन्य सरकारको आलोचना गर्ने पत्रकारसहित विभिन्न क्षेत्रका नागरिक रहेका थिए ।
मोहम्मद जयन्तीमा मोरक्कोका ५१० कैदीलाई आममाफी
मोरक्कोका ५१० कैदीलाई आममाफीको घोषणा गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैटौँले मङ्गलबार उनीहरूलाई आममाफी दिइएको घोषणा गरेका हुन् । इस्लाम धर्मावलम्बीहरूका ईश्वरदूत मानिने मोहम्मदको जन्मदिनको अवसर पारेर उनीहरूलाई आममाफी घोषणा गरिएको अधिकारीहरूले जनाएका छन् । मङ्गलबार संसारभरिका इस्लाम धर्मावलम्बीहरूले मोहम्मद जयन्ती मनाएका छन् । मुस्लीम धर्मावलम्बीहरू धेरै भएका देशहरूमा यस जयन्तीलाई विषेश महत्वका साथ मनाउने गरिन्छ ।–सिन्ह्वा