बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्यो, एकै दिन करिब ५० हजार सङ्क्रमित

मंगलबार, कात्तिक २, २०७८

लन्डन । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको बताइएको छ । यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् ।
बेलायतका अधिकारीले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् । सोमबार यहाँ ४९ हजार १५६ जना सङ्ंक्रमित देखिएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।
यो सङ्ख्या यहाँ महिनौँपछिको सबैभन्दा धेरै हो । पछिल्ला केहीदिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ । अधिकारीले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या करिब ८५ लाख पुगेको पनि जनाएका छन् ।
यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा ४५ जनाको निधन भएको छ । यो समेतगरी यहाँका एक लाख ३८ हजार भन्दा धेरै मानिसको यो सङ्क्रमणबाट ज्यान गएको छ ।
महिनौँपछि यहाँ ठूलो सङ्ख्याका सङ्क्रमित पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गरेका छन् । 
यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।–सिन्ह्वा 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  २१:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार