महाकालीको टापुमा फसेका पाँच जनाको हेलिकोप्टरमार्फत उद्धार

मंगलबार, कात्तिक २, २०७८

धनगढी : कंचनपुरको भीमदत्त नगरपालिका- ९ मुसेट्टीमा महाकाली नदीको टापुमा फसेका पाँच जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मौसममा समस्या हुँदा दुई पटक फर्किएको हेलिकोप्टरले तेस्रो पटक उनीहरूको उद्धार गरेको हो । प्रदेश सरकारको समन्वयमा सुर्खेतबाट आएको नेपाली सेनाको पश्चिम कमाण्डको हेलिकोप्टरले उनीहरूको उद्दार गरेको हो ।

कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका- ९ मुसेट्टीका एकै परिवारका पाँच जना महाकालीमा पानीको बहाव बढेपछि सोमबार रातिदेखि फसेका थिए । टापुमा फस्नेमा ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, चार वर्षीय बालक सुरज नायक र ५० वर्षीया गौरी खड्का रहेका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार