पहिरोले पुर्चौडी र शिवनाथमा एक–एक घर पुर्‍यो

मंगलबार, कात्तिक २, २०७८

बैतडी : पुर्चौडी नगरपालिका–७ कोटिलामा पहिरोले एक घर भत्किएको छ । स्थानीय मदन लोहारको घरमाथिबाट आएको पहिरोले दुई तले घर भत्किएको हो । घर भत्किदा भित्र रहेका सबै मालसमान नष्ट भएको छ । मानविय क्षति नभए पनि २० लाखभन्दा बढीको धनमाल नष्ट भएको स्थानीय शैलेस धानुकको अनुमान छ । 

पहिरोका कारण ऐरी गाउँका दुई बस्ती पनि जोखिममा परेको उनले बताए । यसैगरी, शिवनाथ गाउँपालिकामा गएको पहिरोले पनि एक घर पुरेको छ । घटनास्थलमा प्रहरी जाँदै गरेकाले थप विवरण आउन बाँकी रहेको रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी रमेशबहादुर पालले बताए ।
 
यस्तै, पहिरोले पाटन–८ स्थित खोड्पे बजारका सात घर उच्च जोखिममा परेका छन् भने दशरथचन्द नगरपालिका–१ मुस्याचौरका दुई घर जोखिममा परेका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार