बैतडी जोड्ने राजमार्ग पहिरोले अवरुद्ध

मंगलबार, कात्तिक २, २०७८

बैतडी : लगातारको बर्षाले बैतडीका विभिन्न ठाउँमा पहिरो जाँदा प्रमुख राजमार्गह अवरुद्ध भएका छन् । महाकाली राजमार्ग अन्तर्गतको सतबाँझ–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ । 

यसअघि सल्सेना र धरमघरमा पहिरो गएको पहिरो भने प्रहरीले पन्छाएको जनाएको छ । यसैगरी, जयपृथ्वी राजमार्ग अन्तर्गत मोतीनगरमा पहिरो जाँदा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार