पहिरोले खोड्पेका सात घर जोखिममा

मंगलबार, कात्तिक २, २०७८

बैतडी :  बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गएको पहिरोले सात घर उच्च जोखिममा परेका छन् । मंगलबार बिहान ५ बजेतिर गएको पहिरोले चन्द्र सिंह महरा, लक्ष्मीदत्त पन्त, कृष्णसिंह भाट, कृष्ण बिष्ट, सामना अवस्थी र गोपाल भाटको जोखिममा परेका हुन् । 

खोड्पे बजार क्षेत्रको पश्चिमपट्टी गएको पहिरोले घरहरू जोखिममा परेको प्रहरी चौकी खोड्पेले जनाएको छ । बजार क्षेत्र नै पहिरोको जोखिममा परे पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीय गोपाल भाटले बताए । आइतबार रातीदेखिको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार