डेरा सच्चा सौदाका प्रमुख राम रहिमसहित पाँच जनालाई आजीवन कारावासको सजाँय

मंगलबार, कात्तिक २, २०७८

चन्डीगढ । भारतको एक अदालतले डेरा सच्चा सौदाका प्रमुख गुरमित राम रहिमसहित पाँच जनालाई आजिवन कारावासको सजाँय सुनाएको छ । करिब २० वर्षअघि आफ्नै अनुयायी रन्जित सिंहको हत्या गरेको अभियोगमा सोमवार अदालतले रहिमसहित पाँच जनालाई आजीवन कारावासको सजाँय सुनाएको हो ।  त्यस्तै, अदालतले रहिमलाई ३१ लाख भारु जरिवानासमेत तोकेको छ ।  सो हत्यामा आरोपित अर्का एक व्यक्तिको भने गत वर्ष नै मृत्यु भएको थियो । यसै महिनाको सुरुमा हरियाणाको विशेष सीबीआई अदालतले पाँचै जनालाई दोषी ठहर गरेको थियो । दुई जना अनुयायीलाई बलात्कार गरेको अभियोगमा सन् २०१७ देखि जेलमा रहेका रहिमलाई भिडियो सम्मेलनमार्फत अदालतमा उपस्थित गराइएको थियो भने अन्य चार जना भौतिक रुपमा उपस्थित भएका थिए । अदालतको फैसलासँगै हरियाणाको पन्चकुला र सिर्सा क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको छ । रहिमका अनुयायीसमेत रहेका रन्जित सिंहको सन् २००२ मा गोली हानी हत्या भएको थियो । रन्जितले राम रहिमले महिलालाई यौन दुव्र्यवहार गर्दै आएको एक पत्रमार्फत खुलासा गरेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार