महाकालीमा पानीको बहाब बढेपछि तटीय क्षेत्रका बस्ती डुबानमा

मंगलबार, कात्तिक २, २०७८

कन्चनपुर । आइतबार साँझदेखिको अबिरल बर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढ्दा नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । महाकालीमा  पानीको वहाव बढ्दा आसपासका सम्पूर्ण बस्ती डुवानमा परेका जिल्ला प्रहरी  कार्यालय कञ्चनपुरका प्रबक्ता शिद्दराज न्यौपानेले बताए । बाढी प्रभावित परिवारको तथ्यांक संकलन भईरहेको उनले जानाकारी दिए  । यसैगरी, महाकाली नदीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित भाईरल रोडसमेत कटान हुन थालेको छ । प्रबक्ता न्यौपानेका अनुसार  रिङरोडको केही अंश कटान भएको छ । यसैगरी,  महाकाली नदीमा पानीले खतराको सतह पार गरेपछि गड्डाचौकी नाकामा रहेको नेपाल र भारत जोड्ने बनवासा पुलमा आवागमन बन्द गरिएको छ ।  पुल पुरानो भएको र पानीको बहाव बढ्दा दुर्घटनाको जोखिम देखिएकोले आवागमन बन्द गरिएको प्रबक्ता न्यौपानेले बताए । बाढीका कारण कञ्चनपुरमा अहिलेसम्म कुनै मानवीय  क्षति भएको छैन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार