आगलागीबाट २१ बाख्रा जलेर नष्ट

मंगलबार, कात्तिक २, २०७८

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका– ६ भातेमा आगलागी हुँदा २१ वटा पशु जलेर नष्ट भएको छ । सोमबार बिहान एक्कासी सुर्जबहादुर राईको बाख्राको खोरमा आगलागी हुँदा १२ वटा माउ बाख्रा, ३ वटा बोका, ६ वटा पाठी जलेर नष्ट भएको प्रहरी चौकी साउनेले जनाएको छ । 

आगलागीबाट बाख्राको गोठ जलेर खरानी भएको पीडित राईले जानकारी दिए । बिहान १ बजे लागलागी भए पनि आगलागीको कारण पनि खुल्न सकेको छैन । आगलागीबाट करिब २ लाख २६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ०८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार