नेपाल भ्रमण गरेका अमेरिकी पूर्व विदेशमन्त्री पावेलको निधन

मंगलबार, कात्तिक २, २०७८

न्युयोर्क : अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ । कोभिड संक्रमणका कारण पूर्व विदेशमन्त्री पावेलको ८४ बर्षको उमेरमा सोमबार  निधन भएको हो । उनले पूर्ण खोप लगाएका थिए । सन् २००१ मा पूर्व राष्ट्रपति जर्ज डब्लु बुशको शासन कालमा उनी विदेशमन्त्री नियुक्त भएका थिए । 

पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने पावेल एक मात्र अमेरिकी विदेशमन्त्री हुन् । उनले सन् २००२ को १८ जनवरीमा नेपाल भ्रमण गरेका थिए । उनले तत्कालीन राजा ज्ञानेन्द्र,  प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीलाई भेटेका थिए ।-एजेन्सी
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ०७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार