खोलामा डुबेर बालकको ज्यान गयो

मंगलबार, कात्तिक २, २०७८

उदयपुर :  उदयपुरको बेलका नगरपालिका–२ गिदेरी खोलामा डुबेर २ वर्षिय बालकको ज्यान गएको छ । बेलका नगरपालिका– २ शान्ति नगर टोलका बिश्वनाथ चन्द्रबंशीको २ वर्षिय छोरा भरत चन्द्रबंशी आइतबार दिउँसो घरबाट हराएका थिए । 

सोमबार दिउँसो मृतककै दाजु सुमन चन्द्रबंशीले गिदेरी खोलामा डुबेको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जानकारी दिएको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरि बालकको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान  पठाएको छ ।

बेवारिस शवको सनाखत

उदयपुरको कटारी नगरपालिका– २ माझिटोलस्थित कमला खोलामा भेटिएको शवको सनाखत भएको छ । तीन दिनअघि कटारी नगरपालिका– २ माझिटोलस्थित कमला खोलामा भेटिएको शव कटारी नगरपालिका– १० गिजिङटारका ४५ वर्षिय गुमानसिंह खड्काको रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । 

तीन दिनअघि कटारी नगरपालिका– २ माझिटोलस्थित कमला खोलामा भेटिएको खड्काले लगाएको कालो सेतो धर्का भएको फुल सर्ट, कालो सेतो भएको हापेन्ट कपडाको आधारमा उनका भाई डिकबहादुर खड्काले सोमबार परिचान गरेका हुन् । खड्काको शव सनाखतपछि कटारी अस्पतालमा पोष्टमार्डम गरि परिवारलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ०७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार