सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले बैठकले विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्जवनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले दरबन्दी सिर्जन गर्ने निर्णय गरेको जानकारी दिए । लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्राङ्किंत प्रथम श्रेणीका विभिन्न पदहरूमा नियुक्त गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ । ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६औँ सम्मेलन हुँदैछ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साफ च्याम्पियनसीप प्रतियोगितमा उपविजेता भएका नेपाली फुटबल टिमका खेलाडीलाई जनही पाँच लाख र प्रशिक्षकलाई तीन लाख रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए । यसैगरी बैठकले मोहम्मद जयन्ती (१४९६) का अवसरमा यही कात्तिक २ गते मुस्लिम सुमुदायलाई सार्वजनिक बिदा दिने र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संंशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । अबुधाबी डाइलगको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृति दिने निर्णय पनि सोमबारको मन्त्रिपरिषद्ले गरेको छ ।