जर्मनीमा हेलिकप्टर दुर्घटनामा तीनको मृत्यु

सोमबार, कात्तिक १, २०७८

बर्लिन । जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरुले त्यसका परेर तीन जनाको ज्यान गएको बताएका छन् ।
यहाँका एकजना स्थानीय प्रहरी प्रवक्ताले सो दुर्घटनामा परी अरु पनि कतिजना हराएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको र उनीहरुको खोजी कार्य जारी रहेको बताएका छन् । ती प्रहरी प्रवक्ताले सो दुर्घटनाको कारण अझै पत्ता नलागेको र यस विषयमा खोजी जारी रहेको बताएका छन् ।– सिन्हवा

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार