सोसल मिडिया
Contact Us
युनिकोड
लस एन्जलस । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । विरामी परेपछि उनलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्तपतालबाट उनी आइतबार डिस्चार्ज भएको बताइएको छ । निको भएपछि दक्षिणी क्यालिफोर्नियाको इरुभाइन मेडिकल सेन्टरबाट डिस्चार्ज गरिएको सो अस्पताल प्रशासनले जनाएको छ । पचहत्तर वर्षीय पूर्वराष्ट्रपति क्लिन्टनलाई गत बुधबार शरीरमा सङ्क्रमण भई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । उनको ज्वरो नियन्त्रणमा आएको र शरीरबाट सङ्क्रमण हटेपछि अस्पतालबाट डिस्चार्ज गरिएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको हो ।– सिन्हवा