सोसल मिडिया
Contact Us
युनिकोड
दार्चुला : बर्खेबाली भित्र्याउने बेला भएको वर्षाका कारण दार्चुलाका किसानहरू समस्यामा परेका छन् । कतै किसानहरूले बाली काटिसकेर सुकाउन बाँकी छ भने कतै बाली काट्न नै बाँकी छ ।
दार्चुलामा फल्ने मुख्य बर्खेबाली मकै, धान, सिमी, भटमासमध्ये अधिकाशंले धान बाली भित्र्याइसकेका छन् । मकैबाली लगायतका सिमी, भटमास भित्र्याउन नै बाँकी रहेको ब्यास गाउँपालिका–४ का स्थानीय मानसिंह कुँवरले बताए ।
‘धान भित्र्याएका छाै, सुकाउन बाँकी छ, मकै काटिरहेका थियौँ, आधा काट्दा नै पानी आइहाल्यो, सुकाउन काटेको घाँस पनि बारीमै पानीका कारण बिग्रिने अवस्थामा छ’ उनले भने ।
सर्तकता अपनाउन प्रशासनको आग्रह
निरन्तर भइरहेको वर्षादका कारण हुन सक्ने प्राकृतिक विपद्बारे सचेत रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।
प्रशासनले सूचना जारी गर्दै भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले दार्चुलाका नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।