वर्षाले भित्र्याउन लागेको धानबालीमा क्षति

सोमबार, कात्तिक १, २०७८

कालिकोट :  वर्षाका कारण पाकिसकेर भित्र्याउन लागेको धानबाली क्षति भएको छ ।  अबिरल परेको बेमौसमी पानी तथा हावा हुरीले खाँडाचक्र नगरपालिका–५ दाहाँ, रास्कोट, चिल्खायालगायतका विभिन्न क्षेत्रमा काटेको र पाक्नै लागेको धानबालीमा क्षति गरेको हो । 

धान काटेर खेतमा सुकाउन फिजाएर राखेको बेला अनपेक्षित वर्षातका कारण सुरक्षित स्थानमा राख्नसमेत नभ्याउँदा क्षति पुगेको किसानले बताएका छन ।

दुईदिन अघि टन्टलापुर घाम लागेपछि पाकेको धान काटेर सुकाउन फिजाएर राखेको क्षेत्रमा पानी परेपछि धान पानीमाथि तैरीएको अवस्था छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार