स्थापनाको दुई वर्षसम्म पनि कार्यादेश पाएन चौरजहारीको यातायात व्यवस्था कार्यालयले 

सोमबार, कात्तिक १, २०७८

सुर्खेत :  रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा दुई वर्षअघि स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयले अझैसम्म काम पाएको छैन । २६ भदौ ०७६ मा स्थापना भएको यो कार्यालयले सन्चालनसम्बन्धी कार्यादेश नपाउँदा कामविहिन बनेको हो । 

यातातात सेवा कार्यालयबाट काम नहुँदा सेवाग्राही सुर्खेत, दाङ र नेपालगन्ज पुग्न बाध्य छन् । निमित्त प्रमुख प्रदीपकुमार रेग्मीका अनुसार कार्यालयलाई कार्यादेश आएको छैन । ‘दिनभरी कार्यालयमा आएर बस्नुबाहेक अरु केही काम छैन्,’ उनले भने, ‘कार्यालय आयो तलब खायो, यस्तै भइरहेको छ ।’ 

कार्यादेशका लागि कर्णाली प्रदेशको यातायात निर्देशनालय, पूर्वाधार कार्यालय, मुख्यमन्त्री कार्यालयलगायतमा पटकपटक आग्रह गरे पनि बेवास्ता भएको कार्यालय प्रमुख रेग्मीको गुनासो छ । ‘कार्यालयमा उपसचिवसहित एकएक प्रशासन अधिकृत, लेखा अधिकृत, दुईजना सुब्बा, खरिदार, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीको दरबन्दी छ,’ उनले भने, ‘हाल कार्यालयमा एकएक जना लेखा अधिकृत, कम्प्युटर अपरेटर र सहयोगी मात्रै छन् ।’

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १३:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार