बैतडीका युवकको मलेसियामा मृत्यु 

सोमबार, कात्तिक १, २०७८

बैतडी । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो । बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशीको मृत्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले जानकारी दिए । मृतकको आजै पोष्टमार्टम गरिने उनले बताए ।  पोष्टमार्टमपछि कोरोना संक्रमण नदेखिए शव नेपाल ल्याइने र कोराना देखिएमा मलेसियामै अन्तिम संस्कार गरिने बताइएको छ । मृतक जोशी विगत पाँच बर्ष देखि मलेसियामा काम गर्दै आएका थिए । उनका श्रीमति, २ छोरी र १ छोरा छन् । शारीरिक रुपमा स्वस्थ रहेका जोशीलाई दुई दिनअघि मात्रै ब्लड क्यान्सर पुष्टी भएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार