संयुक्त राष्ट्रसङ्घद्धारा युद्धविरामको स्वागत 

आइतबार, असोज ३१, २०७८

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले सेन्ट्र अफ्रिकन रिपब्लिक सरकारले एकतर्फी रुपमा जारी गरेको युद्धविरामको स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले हिंसाग्रस्त सो देशको सरकारले यहाँ एकतर्फी रुपमा शुक्रबार युद्धविराम गरेको छ । 
यहाँको सरकारले एकतर्फी रुपमा गरेको युद्धविरामको स्वागत गर्दै अर्काे पक्षलाई पनि वार्ताको टेबलमा बस्न तथा शान्तिपूर्ण रुपमा समाधान खोज्न महासचिव गुटेर्रेसले आग्रह गरेका हुन् । उनले मध्य अफ्रिकी यस देशका सबै पक्षलाई यहाँ शान्तिपूर्ण वार्ताका माध्यमबाट राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।-सिन्ह्वा


 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  २०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार