सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली । भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको सङ्ख्या २२ पुगेको छ । बाढीमा परेर आज बिहानसम्म १८ जनाको ज्यान गएको थियो । हराइरहेका केही व्यक्तिको शव आइतबार अपराह्न भेटिएको थियो । यहाँका सरकारी अधिकारीहरूले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । कोट्याम जिल्लामा बाढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् । यहाँ आइतबार बिहानसम्म पनि वर्षा जारी रहेको छ । बाढीका कारण कतिपय स्थानीय सडकहरू पनि अवरुद्ध भएका छन् । मौसम विज्ञान विभागका अधिकारीहरूले आइतबार पनि वर्षा कायमै रहने बताएका छन् । अधिकारीहरूले आइतबार पनि वर्षा जारी नै रहेको बताएका छन् । वर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको छ । बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ । पहिरोमा परेर दर्जनांै बेपत्ता भएका छन् । दक्षिणी राज्य केरलाका इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् । यहाँ आइतबार बिहान सम्म पनि बर्षा जारी रहेको छ । बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् । मौसम् विज्ञान विभागका अधिकारीहरुले आइतबार पनि बर्षा कायमै रहने बताएका छन् ।– सिन्ह्वा