जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आइतबार, असोज ३१, २०७८

पोखरा । पोखरामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखरा २६ बुढीबजारमा बोलेरो जिपको ठक्करले कास्कीकै मिजुरेका ४७ वर्षीय सुर्यबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाईकलमै सवार सन्दिप केसी गम्भीर घाइते भएका छन् । ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ । सवारी नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १३:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार