ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

आइतबार, असोज ३१, २०७८

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–१ तिनजुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेका ट्राफिक प्रहरी कार्यालय संखुवासभाका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए । आइतबार बिहान टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्याक्टर तिनजुरेमा दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख खत्रीले बताए । ट्याक्टर सडकबाट तीन सय मिटर तल खसेको थियो ।  दुर्घटना भएको ट्याक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताए । घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार