डेंगु नियन्त्रण गर्न फगिङ अभियान

आइतबार, असोज ३१, २०७८

उदयपुर  । उदयपुरको त्रियुगा नगरपालिकाले डेंगु नियन्त्रणका लागि फगिङ अभियान थालेको छ । नगरपालिकाले दसैँ भित्रै नगरको तराई र भित्रि मधेशको सबै वडामा फगिङ ( औषधि छिर्काउँ कार्यक्रम) थालेको हो । नगर क्षेत्रको तराई र भित्रि मधेशमा पर्ने वडा नम्बर १ देखि १३ सम्म फडिङ गर्ने कार्यक्रम अनुरुप धमाधम औषधि छर्ने काम भइरहेको त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । नगरको १६ वडामध्ये १४, १५, १६ पहाडी भेग पर्ने भएकाले त्यसबाहेको क्षेत्रमा फगिङ गर्ने काम भइरहेको छ । सिटी सवारीमा फगिङ गर्ने मेसिन राखेर प्रत्येक टोलटोलमा पुगेर औषधि छर्किने काम भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा उपप्रमुख अबधनारायण चौधरीले बताए । उनका अनुसार डेल्टामेथ्रिन १.२५ नामक कीटनाशक औषधिलाई डिजलमा मिसाएर छर्किने गरेको बताउँछन् । त्रियुगा नगरपालिकाले विगत तीन वर्षदेखि नियमित रूपमा फगिङ गर्दै आएको छ । दसैँभित्रैबाट सुरु गरिएको फडिङ अभियान त्रियुगा नगरपालिकाको बजार क्षेत्रका १०, ११, १२, १३ नम्बर वडामा सकिएको स्वास्थ्य शाखा उपप्रमुख चौधरीको भनाइ छ । उदयपुरमा तीन वर्षअघि कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा ३६ जनामा डेंगु संक्रमण भेटिएको  थियो । 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार