सोसल मिडिया
Contact Us
युनिकोड
काबुल : तालिवानले अदालतको फैसलाबिना सार्वजनिक स्थानमा अमानवीय ढंगले सजाँय नदिन स्थानीय अधिकारीहरुलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले अदालतले दोषी करार नगर्दासम्म स्थानीय अधिकारीहरुले सार्वजनिक स्थानमा सजाँय दिन नपाउने निर्णय गरेको तालिवानका प्रवत्ता जाबिहुल्ला मुजाहिदले बताए ।
सरकारका निर्णय सुनाउदै मुजाहिदले भने, ‘सर्बोच्च अदालतले फैसला नगरेसम्म स्थानीय स्तरमा हुने मृत्युदण्डका सजाँय तत्काल रोकिनुपर्छ ।’ दोषीलाई सजाँय दिँदा उमाथि लागेको अभियोगबारे सर्वसाधरणलाई जानाकारी दिनुपर्ने उनको भनाई थियो ।
तालिवानले दोषीलाई मृत्युदण्डलगायतका कडा सजाँय दिने घोषण गरेपछि स्थानीय तहका अधिकारीहरुले आरोपितलाई सार्वजनिक स्थलमा लगेर अमानवीय ढंगले यातना दिएका थिए ।
तालिवानका सहसस्थापक मुल्लाह नोरुद्दिन तुराबीले पनि दोषीलाई शरिया कानुनअनुसार सजाँय दिइने बताएका थिए । ‘कठोर सजाँयका लागि धेरैले हाम्रो आलोचना गर्छन । तर, हामीले कहिल्यै पनि उनीहरुको कानुनबारे एक शब्द बोलेका छैनौ,ं’ केही समयअगाडि एक अन्तर्वार्तामा उनले भनेका थिए । उनको अभिव्यक्ति लगत्तै तालिवानले चोरीको आरोपमा चार जनाको हत्या गरेर सार्वजनिक स्थलमा झुन्डाएका थिए ।-एजेन्सी