सोसल मिडिया
Contact Us
युनिकोड
लन्डन । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको हत्या भएको छ । छुरा प्रहार गरेर उनको हत्या गरिएको हो । सांसद हत्याको यो घटनालाई प्रहरीले आतंककारी आक्रमण भनेको छ । सांसद डेभिडको उनको आफ्नै निर्वाचन क्षेत्रको एक चर्चमा हत्या भएको हो । उनको निर्वाचन क्षेत्र एसेक्सस्थित एक चर्चमा मतदातासँगको भेटघाटका क्रममा छुरा प्रहार गरिएको थियो । हत्याको आरोपमा प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई गिरफ्तार गरेको छ । घटनास्थलबाट प्रहरीले चक्कु भेटेको छ । प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । हत्याको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले टोलीले यसमा आतंकवादीको हात रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको दाबी गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले एक राम्रा राजनीतिज्ञ गुमाउनु परेको भन्दै दुःखद घटनाको निन्दा गर्दै सांसद सर डेभिडको परिवारप्रति समवेदना व्यक्त गरेका छन् । सांसद डेभिड ६९ वर्षका थिए । उनी सन् १९८३ देखि सांसद रहेका थिए ।–सिन्ह्वा