ताप्लेजुङमा सर्प दंशबाट एक युवकको मृत्यु

शनिबार, असोज ३०, २०७८

ताप्लेजुङ : ताप्लेजुङ फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको शनिबार बिहान सर्प दंशबाट मृत्यु भएकाे छ । जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । शुक्रबार राति घतानीलाई सर्पले डसेको थियो । सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई शनिबार बिहान  आफन्तले  जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए । अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  ०९:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार