एनआरएनए महासचिव डा. शर्मालाई कोरोना संक्रमण

शनिबार, असोज ३०, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्मालाई कोरोना संक्रमण भएको छ । बेलायतको लिभरपुल युर्निभरसिटीमा बरिष्ठ प्राध्यापकको रुपमा कार्यरत डा. शर्मालाई बिहिवार कोरोना पोजेटिभ देखिएको हो ।  कोरोना भाइरस बिरुद्धको दुई डोज खोप लिएका शर्मालाई टाउको तथा ज्यान दुःख्ने र ज्वरो लक्षण देखिएका छन् ।  उनको अन्यः स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।  डा. शर्मा गैरआवासीय नेपाली संघभित्र रातदिन खटिएर संस्थाको लागि काम गर्ने मुख्य पदाधिकारीको रुपमा परिचित छन् । उनले संघको १० औं महाधिवेशनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । बेलायतमा अहिले पनि दैनिक ४० हजार भन्दा बढीका कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  ०७:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार