सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । देउवाले विज्ञप्तिमार्फत बिहीबार वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल गरेका हुन् । संसद् विघटनको कदमविरुद्ध कांग्रेसले गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यही माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।
रुकुमपश्चिम घटनाका दोषीलाई कारवाही गर्न माग नेपाली कांग्रेसले रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीसहित पाँच जनामाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीलाई कारवाहीको माग गरेको छ । इलाका प्रहरी कार्यालयमा छलफल भइरहेका बेला मङ्गलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट वडा नं ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नं ३ का वडाध्यक्ष केशरमान विकसहितको समूहले सुरक्षाकर्मीको अगाडि नै वडाध्यक्ष शाही लगायतलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा संलग्न आक्रमणकारीलाई तत्काल कारवाही गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । भविष्यमा यस्ता घटना पुनःनदोहो¥याउन नेकपालाई कांग्रेसले चेतावनी दिँदै जिम्मेवार राजनीतिक दलका रुपमा प्रस्तुत हुनसमेत आग्रह गरेको छ । उक्त घटनामा वडाध्यक्ष शाही, तेजविक्रम आरसी र दीपक केसी गम्भीर घाइते हुनुभएकाले उहाँहरुको नेपालगञ्जमा र दुई जनाको नगर अस्पतालमा उपचार भइरहेको मुख्यसचिव पौडेलले जानकारी दिए ।