सोसल मिडिया
Contact Us
युनिकोड
बेरूत । सिरियाको उत्तरी सहर अफ्रिनमा सोमबार भएको कार बम विष्फोटमा कम्तीमा एक टर्की समर्थित विद्रोही लडाकूसहित छ जनाको मृत्यु भएको छ । अफ्रिनमा पनि टर्की समर्थक विद्रोहीहरूद्वारा हुने अन्य क्षेत्रहरू जस्तै नियमित लक्षित हत्या, बम विस्फोट र गोली हानाहानको दृश्य सामान्यरूपमा देखिन्छ । बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएअनुसार सोमबार विद्रोहीको नियन्त्रणमा रहेको सहरको बीचमा “सर्वसाधारणको भीड लागेको क्षेत्रमा“ विष्फोटक पदार्थले भरिएको गाडी विष्फोट भएको बताइएको छ ।–एएफपी