ट्युनिसियामा रोमधानेको नेतृत्वमा २४ सदस्यीय मन्त्रिपरिषद् गठन 

मंगलबार, असोज २६, २०७८

ट्युनिस । ट्युनिसियाकी नवनियुक्त प्रधानमन्त्री नजला बौडेन रोमधानेले आफ्नो सरकार तम्तयार रहेको घोषणा गरेका छन् । कार्डेज दरबारमा आयोजित एक समारोहमा बौडेन र उनका मन्त्रिपरिषद्का सदस्यहरूले राष्ट्रपति कैस सइदसमक्ष शपथ लिए । चौबीस सदस्यीय नयाँ मन्त्रिपरिषद्मा आठ महिलासहित एक राज्यमन्त्री  छन् ।   शपथपछि संक्षिप्त मन्तव्य दिंँदै रोमधानेले आफ्नो लक्ष्य ‘आत्मविश्वास र आशा पुनःस्थापित गर्ने र नागरिकहरूको आर्थिक र स्वास्थ्य सुरक्षाको सुनिश्चितता गने’ रहेको बताए ।  उनले भने, ‘सबैभन्दा महत्वपूर्ण लक्ष्य मध्येको एक लक्ष्य भ्रष्टाचारविरुद्धको लडाइँ हो ।’ गत सेप्टेम्बर २९ मा सइदले रोमधानेलाई प्रधानमन्त्री नियुक्त गरेपछि हिचेम मेचिचीलाई पदबाट हटाएर २५ जुलाईमा जनप्रतिनिधिहरूको सभा (संसद्) को सबै गतिविधि निलम्बन गरेका थिए ।– सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ०६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार