सोसल मिडिया
Contact Us
युनिकोड
बग्दाद । इराकी प्रधानमन्त्री मुस्तफा अल–कादिमीले इस्लामिक स्टेट (आईएस) का उच्चपदस्थ सदस्य सामी जसिमलाई इराक बाहिरको कारबाहीमा गिरफ्तार गरेको घोषणा गरेका छन् । इराकको गुप्तचर सेवाले आईएसको आर्थिक मामिलाको जिम्मा र पूर्व आईएस नेता अबु बकर अल–बगदादीका डेपुटी जसिमलाई गिरफ्तार गर्न देश बाहिर एउटा जटिल अभियान चलाएको प्रधानमन्त्रीले आफ्नो ट्वीटमा उल्लेख गरेका छन् । अल कादिमीले कहिले र कहाँ ठ्याक्कै उक्त अपरेसन भयो भन्नेबारे थप विवरण भने बताएका छैनन् । इराकी संयुक्त अपरेसन कमाण्डले जारी गरेको विज्ञप्तिका अनुसार जसिमलाई इराकको सिमाना बाहिर एक अपरेसनमा थप विवरण नदिई पक्राउ गरिएको थियो । कमाण्ड स्टेटमेन्टका अनुसार जसिम चरमपन्थी समूह चलाउने र समूहका वर्तमान नेता अब्दुल्लाह कारादाशको कमिटीको नजिक छन् ।– सिन्ह्वा